देश

१३ वर्षीया बालिकाले जन्माइन २ किलो ७ सय ग्रामको शिशु

baby 86

एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
भाद्र–१७,आइतबार ।

उत्तरी मोरङकी एक १३ वर्षीया बालिकाले २ किलो ७ सय ग्राम तौलको शिशुलाई जन्म दिएकी छन् । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उनको ुनर्मल डेलिभरीु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।

सुरक्षित प्रसूतिपछि बालिकालाई एक बालगृहमा चिकित्सकको निगरानीमा राखिएको छ । शिशुका पिता १७ वर्षीय किशोर छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले दुवैको पहिचान गोप्य राखेको छ । दुवै नाबालिग भए पनि ती किशोरविरुद्ध जबर्जस्ती करणीमा मुद्दा चल्ने डीएसपी दाहालले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस