देश

विवाहका लागि अनिवार्य सिफारिस गर्न प्रतिनिधिसभाका सांसदहरुको माग

374951067 248551641486782 6879600450696168387 n 1024x768 1

एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
भाद्र–१७ आइतबार ।

प्रतिनिधिसभाका सांसदहरुले बालविवाह अन्त्य गर्न विवाह गर्नुअघि केटा र केटी पक्षले अनिवार्य स्थानीय तहबाट सिफारिस लिनुपर्ने गरी कानून बनाउन माग गरेका छन् ।

महिला तथा सामाजिक मामिला समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले बालविवाह बढ्दै गएको सन्दर्भ उल्लेख गर्दै विवाह गर्नुअघि स्थानीय पालिका वा वडाबाट उमेर खुल्ने गरी सिफारिस अनिवार्य गर्ने व्यवस्था कानूनी रुपमा गर्न सके बालविवाह अन्त्य हुने विचार व्यक्त गर्नुभयो ।

सांसदहरुले महिला मन्त्रालयले सुत्केरी महिलाको उद्धारका लागि अलग्गै जहाजको व्यवस्था गर्नुपर्ने, बाल सुधार गृहहरूमा नियमित अनुगमन गरिनुपर्ने र ज्येष्ठ नागरिकहरूलाई परिवारमै जीवन यापनको व्यवस्था गरिनुपर्ने लगायतका विचार व्यक्त गर्नुभयो ।

बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले फरक रुपमा बढ्दै गएको बाल विवाह कम गर्न विवाहका लागि सिफारिस मननयोग्य भएकाले यस विषयमा थप छलफल गरेर निर्णय लिइने बताउनुभयो । बैठकमा मन्त्रालयका सचिव सुमनराज अर्यालले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट भइरहेका कार्यक्रम प्रस्तुत गर्नुभयो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस