शिक्षा

असोज १ गते कोरियाको भाषा (इपिएस) परीक्षा हुने

EPS EXAM

एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
भाद्र–१८,सोमबार ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुुमति प्रणाली (इपिएस) कोरिया शाखाले दक्षिण कोरियामा पानीजहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ मा जान आवेदन दिएकाहरूको भाषा परीक्षा आगामी असोज १ गतेदेखि गरिने भएको छ।

सो शाखाका अनुसार कोरियामा ‘सिप बिल्डिङ’ को कामका लागि साउन २० गतेदेखि २४ गतेसम्म ३५ हजार ७०८ आवेदन दिएकाहरूको भाषा परीक्षा असोज १ गतेदेखि चार सिफ्टमा सञ्चालन गर्ने तयारी भएको हो।

दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी) ले नेपालबाट दुुई हजार पाँच सय जनालाई ‘सिप बिल्डिङ’ का लागि लैजाने गरी आवेदन माग गरिएको थियो।

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *