जीवनशैली

पोर्चुगल पठाउने भन्दै ठगी गर्ने प्यूठान मल्लरानीका एक युवा पक्राउ

arrest

एनएमबि न्युज डेक्स, काठमाण्डौ ।
भाद्र–१८ मंगलबार ।

पोर्चुगलमा वैदेशिक रोजगारीमा पठाउने भन्दै तीन लाख रुपियाँ लिएर सम्पर्कविहीन भएका २८ वर्षीय नवराज खड्कालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार स्थायी घर प्युठान मल्लरानी खलङ्गा भएर अहिले काठमाडौँको सामाखुसी बस्दै आएका खड्काले सन्दीप परियारलाई पोर्चुगलमा पुगेपछि मासिक तलब एक लाख ५० हजार रुपियाँ हुने आश्वास दिएर ठगी गरेका हुन्।

पोर्चुगल जान १५ लाख रुपियाँ लाग्ने भन्दै पटकपटक गरी तीन लाख रुपियाँ ठगी गरेका खड्कालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *