लुम्बिनी प्रदेश

एमाले लुम्बिनीको नेतृत्वका लागि ७ बजेबाट मतदान हुँदै

finale

एनएमबि न्युज डेक्स, काठमाण्डौ ।
भाद्र–१८ मंगलबार

शनिवारदेखि बुटवलमा जारी नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन अन्तरगत आज बिहानदेखि नेतृत्व चयनका लागि मतदान हुँदैछ । सोमबार पटक पटक निर्वाचन समय तालिका फेरिए पनि राति गर्ने भनिएको निर्वाचन रोकेर अहिले बिहानलाई सारिएको हो ।

भदौ १६ गतेदेखि बुटवलका अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशन अन्तरगत अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरिप्रसाद रिजालबीच प्रतिस्पर्धा हुन लागेको हो ।

बिहान ७ बजे मतदान सुरू हुने मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले बताए। कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकटका हुन्।

लुम्बिनीमा बन्ने २०५ सदस्यीय प्रदेश कमिटीका लागि ३६४ जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र बाँकेका पूजन विश्वकर्माको उम्मेदवारी परेको छ। सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध भएका छन् । दुई समूहमा परेकाले उनी निर्विरोध भएका हुन् ।

उपसचिव खुलामा ४ र महिलामा ३ जनाको उम्मेदवारी छ। उनीहरू उपेन्द्रलाल कामी–रुकुम पूर्व, दुर्गाप्रसाद थारू चौधरी–बाँके, पूर्ण बुढामगर–रोल्पा र हिरा एसी–गुल्मी हुन्। यस्तै, महिला उपसचिवमा बाँकेकी आरती पौडेल, वसन्ती अधिकारी र बाँकेकी लीला रानामगरको उम्मेदवारी रहेको छ। सबै पदमा समूहगत उम्मेदवारी परेको छ भने समूहको विरोध गर्दै उपाध्यक्ष तथा उपसचिवमा अन्य उम्मेदवार पनि मैदानमा गएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *