
एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
भाद्र–१९ मंगलबार ।
नेकपा एमाले कोशी प्रदेशको अधिवेशन नजिकिएसँगै नेतृत्वका दाबेदार नेताहरुले गतिविधि बढाएका छन् । आगामी १२–१३ असोजमा तोकिएको अधिवेशनबाट अध्यक्ष बन्न तुलसी न्यौपाने, घनश्याम खतिवडा, विनोद ढकाल र टीकाराम चेम्जोङले दौडधुप बढाएका हुन् ।
आकांक्षी मध्ये न्यौपाने वर्तमान प्रदेश अध्यक्ष हुन् । अध्यक्ष बनेको डेढ वर्षभित्रै अधिवेशन हुन लागेकाले उनी एक कार्यकाल नेतृत्व गर्ने चाहनामा छन् ।माधव नेपाल समूहमा भए पनि न्यौपाने २०७८ मा पार्टी विभाजन हुँदा एमालेमै बसेका थिए । त्यसबापत एमालेले उनलाई प्रदेश मन्त्री बनाएको थियो ।
प्रदेश अध्यक्षका अर्का आकांक्षी ढकाल एमाले केन्द्रीय सदस्य छन् । मोरङ एमालेमा दुईपटक अध्यक्ष रहेका ढकाल लामो समयदेखि पार्टी अध्यक्ष ओलीलाई साथ दिएका नेता हुन् । तर पछिल्लो समय ओलीसँग असन्तुष्ट ढकाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नजिक पुगेको नेताहरु बताउँछन् ।