जीवनशैली

रुकुममा सर्पले डस्दा दुई महिलाको ज्यान गयो

Capture 132

एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
भाद्र २१ बिहिबार ।

रुकुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरीसहित दुई जनाको ज्यान गएको छ ।

चौरजहारी नगरपालिका वडा नम्बर १३ रातामाटाकी २२ वर्षकी विनिता ओली विष्ट र सानीभेरी गाउँपालिका वडा नम्बर १ जगल गाउँकी ६१ वर्षकी गङ्गी पुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

२२ वर्षकी विष्टलाई मङ्गलवार दिउँसो बारीमा घाँस काट्ने क्रम सर्पले टोकेको थियो । उहाँले सोमबार छोरीलाई जन्म दिनुभयो । सुत्केरीको रक्तश्राव नरोकिएपछि जिल्ला अस्पताल लगेकोमा बुधवार बिहान ज्यान गएको हो । सर्पको विष शरीरमा फैलिएको र रक्तश्रावका कारण विष्टको ज्यान गएको चौरजहारी अस्पतालका प्रशासक डिलबहादुर गिरीले जानकारी दिनुभयो । शिशुको पनि अवस्था गम्भीर छ । शिशु जन्मने अवधि कात्तिक महिना भए पनि सर्पले टोकेपछि गए राति नै जन्म भएको थियो ।

गङ्गी पुनलाई भने सर्पले भदौ ४ गते नै टोकेको थियो । सर्पले टोकेपछि पुनलाई चौरजहारी अस्पताल हुँदै प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेकोमा चार दिनअघि आफन्तले गाउँमै उपचार गर्ने भन्दै लगेका थिए । अस्पतालबाट फर्किएको चार दिनमा उहाँको ज्यान गएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *