मुख्य समाचार

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

subash chandra nemwang 18 pjPChzV1Lc tkleFBw0El

एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
भाद्र–२६ मंगलबार ।

नेकपा एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ। आज राति करिब साढे दुई बजे हृदयघातका कारण निधन भएको एमाले नेता खिमलाल भट्टराईले  जानकारी दिए।

बालुवाटारस्थित निवासमा रहेका बेला ७१ वर्षीय नेम्वाङलाई हृदयघात भएको र त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो। तर, लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।

निधनको खबर सुनेपछि एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू त्रिवि शिक्षण अस्पताल पुगेका छन्। वरिष्ठ अधिवक्तासमेत रहेका नेम्वाङ २०७९ को प्रतिनिधिसभा निर्वाचनमा इलामबाट विजयी भएका थिए।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *