समाचार

आज र भोली मध्यम बर्षाको सम्भावना

mausam 6

एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
भाद्र–२६ मंगलबार ।

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि पानी परिरहेको छ। आज दिनभरजसो देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए। यो क्रम भोलिसम्म चल्ने छ ।

मौसमविद् अधिकारीका अनुसार पश्चिममा भन्दा पूर्वमा धेरै वर्षा हुनेछ। काठमाडौं उपत्यकामा भने बिहान १०–११ बजेपछि वर्षा रोकिने र दिउँसो फेरि बदली र वर्षा हुने मौसमविद् अधिकारीले बताए।

राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस