देश

पार्टीको उपाध्यक्ष मात्र होइन मेुरो सुख दुःखको साथी गुमाएँः अध्यक्ष ओली

kp oli and subash nemwang

एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
भाद्र–२६ मंगलबार ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङ आफ्नो लागि पार्टीको उपाध्यक्ष मात्र नभएर हितैषी मित्र र सुख दुःखको साथी रहेको भन्दै नेम्वाङको स्मरण गरेका छन् ।

निधनको खबर लगत्तै अस्पताल पुगेका अध्यक्ष ओलीले मंगलवार बिहान श्रद्धाञ्जली वक्तव्य दिँदै लोकतान्त्रिक संविधान निर्माणमा नेम्वाङको योगदान सधैँ सम्झिइरहने बताएका छन् ।

अध्यक्ष ओलीले मृदुभाषी र शालीन साथी सुवास नेम्वाङको निधनमा श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

पार्टीको राजनीतिमा सधैँ ओलीलाई साथ दिएका नेम्वाङको निधनप्रति उनले गहिरो शोक व्यक्त गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस