देश

नेपाली राजनितिमा कृष्ण भगवान जस्तो मान्छेको खाचो छः राजेन्द्र लिङदेल

rajendra

एनएमबि न्युज डेक्स, काडमाण्डौ ।
भाद्र–२७ बिहिबार ।

राष्ट्रिय प्रजातन्त्र पार्टि (राप्रपा) का अध्यक्ष राजेन्द्र प्रसाद लिङदेलले नेपाली राजनितिमा भगवान कृष्ण जस्तै मान्छेको आबस्यक्ता रहेको बताएका छन । ललितपुर जिल्लाको गोदावरी–१४ बाडेगाउँमा सञ्चालित श्रीमदभागवत विराट ज्ञान महायज्ञमा सहभागी भएका अध्यक्ष लिङदेलले उक्त कुरा बताएका हुन ।

“भागवत कथामा भगवान कृष्णको जन्मको कुरा गर्दा जब दुनियामा संकट पर्छ,पाप बडछ म आउछुु भनेर भगवान कृष्णले भन्नुभएको छ ।” अध्यक्ष लिङदेलले भने – “देशमा अहिले पाप बडेको छ , सङकट परेको छ त्यसको अन्त्यको लागी पनि नेपाली राजनितिमा भगवान कृष्ण जस्तै ब्यक्तिको आबस्यक्ता देखिएको छ ।”

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै देशलाई त्यस्ता पापबाट पार लगाउनको लागी पनि कृष्ण जस्तै राजनितिज्ञको खोजिमा आफु रहेको पनि बताएका छन । त्यस्तै हिन्दु धर्मप्रति चौतर्फिबाट आक्रमण भैरहेको पनि अध्यक्ष लिङदेलले उल्लेख गरेका छन । त्यस्तै २०६२–६३ सालमा धर्म निरपेक्षको भारी आम जनतामा जबरजस्ति बोकाएको आरोप लगाउदै हिन्दु राष्ट्र हुनुपर्छ भनेर बोले मात्र जिब्रो काटिने अबस्था रहेको तातकालीन समयदेखि हालसम्म पनि हिन्दु राष्ट्रको माग गर्ने कार्यमा आफु लागिपरिरहेको पनि उनले बताएका छन ।

 

हिन्दु धर्मसंग सम्बन्धित कार्यक्रममा सहभागी हुन पाउदा आफुलाई सबैभन्दा बढी खुशि तथा मन गदगद हुने पनि बताएका छन ।

guru ra rajendra

श्रीमदभागवत विराट महायज्ञ ललितपुरको बाडेगाउँमा गत भाद्र २० गतेदेखि सञ्चालन भैरहेको छ । उक्त कार्यक्रम भाद्र–२० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । अभिभावक विहिन अनाथ बालबालिकाको लागी निःशुल्क शिक्षा,स्वास्थ्य तथा गास बासको ब्यबस्थापनमा सहयोगार्थ उक्त महायज्ञको आयोजना गरिएको आयोजकले जनाएको छ । मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टर,नेपाल नाम दिइएको उक्त मामाघर आश्रममा देशका बिभिन्न स्थानका अभिभाबक बिहिन २४ जना बालबालिकाले निःशुल्क आश्रय लिइरहेका छन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस