
एनएमबि न्युज डेक्स काठमाण्डौ ।
भाद्र–२८ बिहिबार ।
भीमदत्त राजमार्ग अन्तरगत डँडेलधुराको आलिताल गाउँपालिका १ मेलखर्कमा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
बुधबार राति अटोरिक्सा दुर्घटना हुँदा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महराको मृत्यु भएको प्रहरीले जनाएको छ।
वीरबहादुर कुँवर घाइते छन्। उनलाई उपचारका लागि डडेलधुरा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।
प्रतिक्रिया दिनुहोस