धर्म-संस्कृति / रितिथिति

बुवाको मुख हेर्ने दिनमा जेष्ठ नागरिकलाई सम्मान

3

एनएमबि न्युज डेक्स,ललितपुर ।
भाद्र २८ बिहिबार ।

कुसे औसी तथा बुवाको मुख हेर्ने दिनको अवसर पारेर जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. १४ बाडेगाउँमा सञ्चालित श्रीमदभागवत विराट ज्ञान महायज्ञमा बिहिबार उक्त स्थानमा रहेका ६० बर्ष माथीका जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

1

 

महायज्ञको प्रमुख आयोजक मामाघर आश्रमको तर्फबाट करिब १५० बढी जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । मामाघर आश्रमका सञ्चालक बालयोगेश्वर बिजयमुर्ति महाराज श्री ले कार्यक्रममा सहभागी ६० बर्ष माथीका आमाबुवालाई सम्मान गरिएको हो ।

 

2

 

गत भाद्र २० गते देखि सञ्चालित श्रीमद भागवत विराट ज्ञान महायज्ञ आगामी भाद्र ३० गते सम्म सञ्चालन हुने छ । मामाघर अनाथालय आश्रमको सहयोगार्थ उक्त महायज्ञ सञ्चालन गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस