बालसंसार

जब ३ बर्षको बालकलाई प्रमुख अतिथी बनाइयो……..

MG 1257

अनुज पछाई,ललितपुर ।
भाद्र ३० सनिबार ।

सुन्दा अचम्म लाग्न सक्छ ,३ बर्षका बालक एक कार्यक्रमको प्रमुख अतिथी बनाइयो भन्दा । एकछिन सबै सोचमग्न हुन सक्छन । हो यस्तै अन्योलता सनिबार ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. १४ मा सञ्चालन भएको महायज्ञको समापन कार्यक्रममा सहभागी भएका सम्पूर्ण भक्तजनहरुलाई भएको थियो ।

सञ्चालकले अब हाम्रो कार्यक्रम औपचारीक रुपमा सुरु हुदै छ भन्दै गर्दा एकाएक कार्यक्रमको गेटनेर नौमती बाजा गुन्जन लाग्यो । नौमती बाजा गुन्जिन थालेपछि सबैले सोचे कार्यक्रममा ठूलै राजनेता नै आएका छन । सबै भक्तजनहरुले मुन्टो तान्दै हेरे तर कसैलाई देखेनन । एकैछिनमा मञ्चमा आइपुग्दा उदघोषणले उदघोष गरे ३ बर्षिका बालक नै कार्यक्रमको प्रमुख अतिथी रहेको कुरा…

MG 1274

 

नाम दर्शन श्रेत्री । बर्ष ३ । भर्खर नर्सरीमा अध्यनरत……। जिल्लाकै हालसम्मको ठूलो महायज्ञको प्रमुख अतिथी । हो उनै दर्शन नै रहेका थिए उक्त कार्यक्रमका प्रमुख अतिथी ।

गोदावरी १४ को बाडेगाउँमा रहेको मामाघर अनाथ आश्रमको सहयोगार्थ आयोजित लतिलपुर गोदावरी धार्मिक तथा सास्कृतिक महामहोत्सबको समापन कार्यक्रममा उनै ३ बर्षिया बालकलाई नै कार्यक्रमको प्रमुख अतिथीको रुपमा आमन्त्रण गरियो । मञ्चमा लगियो । देशका ठूलाठूला सम्मानीत ब्यक्तिजस्तै गरेर दुबोको मालाले सजाएर प्रमुख अतिथीको सिटमा राखियो ।

MG 1222

 

गत भाद्र २० गतेबाट सञ्चालन भएको उक्त महोत्सबको प्रमुख उद्देश्य भनेकै अनाथ बालबालिकाको लागी आश्रम निर्माण गर्ने र निःशुल्क शिक्षा स्वास्थ्य तथा गासबास प्रदान गर्ने रहेको छ । आश्रमका प्रमुख बालयोगेश्वर विजयमूर्ति महाराज श्री ले आश्रममा रहेका २७ बालबालिका मध्य सबैभन्दा सानो उमेरका तथा आश्रममा आएका पहिलो उनै दर्शनलाई नै प्रमुख अथिती बनाइएको जानकारी दिए ।

MG 1223

 

बैतडी जिल्लामा जन्म भएका उनै ३ बर्षिया दर्शन संगै उनका एक दाजु र एक दिदि पनि आश्रमबाट नै निःशुल्क शिक्षा स्वास्थ्य प्राप्त गरिरहेका छन । आश्रमको स्रोत अनुसार प्रमुख अतिथी दर्शनको आमाको वालुवा खानीमा काम गर्दै वालुवामा पुरीएर मृत्यु भएको छ भने बाबाको मानसिक अबस्था असामान्य रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *