धर्म-संस्कृति / रितिथिति

भक्तपुरको ताथलीमा महायज्ञको तयारी तिब्र

tayri 2

एनएमबि न्युज डेक्स,भक्तपुर
असोज ०३ बुधबार ।

भक्तपुरको ताथलीमा श्रीमद्भागवत विराट ज्ञान महायज्ञको तयारी तिब्र पारिएको छ । जिल्लाको चागुनारायण नगरपालिका ९ नालाछाप ताथलीमा आगामी असोज ११ गतेदेखि सञ्चालन हुन लागेको चागुनारायण धार्मिक तथा सास्कृतिक महामहोत्सव एंब ऐतिहासिक श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञ २०८० लाई केन्द्रित गरेर प्रचारप्रचार तथा अन्य कार्यलाई तिब्र रुपमा अगाडी बडाइएको आयोजकले जानकारी दिएको छ ।

tayari 1
महायज्ञ सञ्चालन हुनको लागी करिब १ हप्ता बाकी रहदा कथा मण्डप निर्माण गर्ने,तन्डुलादनको लागी स्थल निर्माण गर्ने कार्यहरु निकै आकर्षण ढनगबाट निर्माण गरिएको छ । त्यस्तै हवन कुण्ड र सालिकग्राम निर्माणको कार्य पनि तिब्र पारिएको छ ।

tayri 2

जेष्ठ नागरिक आश्रम,बृहत आध्यामिक केन्द्र,प्राकृतिक चिकित्सालय,योग तथा ध्यान केन्द्र,धर्मशाला,सत्सन भवन,पुस्तकालय,सन्त निवास,जेष्ठनागरिक दिवा तथा रात्रि सेवा केन्द्र,प्रवचन हल,गौशाला,अन्न क्षेत्र ,निःशुल्क एम्बुलेन्स सेवा तथा अन्य मठमन्दिर निर्माण गर्नको लागी असनेज ११ गते देखि २७ गतेसम्म १७ दिन महायज्ञको आयोजना गरिएको आयोजकको भनाई रहेको छ ।

tayari 4

सोहि कार्यक्रम अनुसार अगामी असोज ६ गते बिहान बृहत मोटरसाइकल य्राली तथा ११ गते बिहान विशाल कलश यात्राको कार्यक्रम रहेको छ । महायज्ञ अवधिभर प्रसिद्ध कथा वाचिका गरिमा उपाध्याय ज्यू र उमा महेश्वरी ज्यूबाट विशेष श्रीमदभागवतका कथा प्रवचन रहने छन । त्यस्तै कार्यक्रममा पितृ उद्धारको लागी पितृको फोटो राख्ने,करोड दिप प्रजोलन गरिने,१ हजार ८शान्ति कलश पुजन गर्ने,महाआरती लगायतका कार्यक्रमहरु पनि सञ्चालन हुने छन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस