धर्म-संस्कृति / रितिथिति

वेसहारा जेष्ठ नागरिकहरुको लागि विशाल आश्रम निर्माण गर्न महायज्ञ

press 1

अनुज पछाई, भक्तपुर ।
आश्विन–५,शुक्रबार ।

भक्तपुर जिल्लाको चागुनारायण नगरपालिका वडा नं.९ को ताथली नालाछापमा विशाल महायज्ञ सञ्चालन हुने भएको छ । देशभर रहेका वेसाहारा,पिडित,दुखि ,अपहेलीत,गरिव, निमुखा तथा आधारभुत आबस्यक्ताबाट बञ्चित जेष्ठ नागरिकका लागी विशाल आश्रम निर्माणको लागी आगामी आगामि असोज ११ गतेदेखि २७ गतेसम्म १७ दिन विराट ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ ।

press

 

महायज्ञ सञ्चालनको पुर्वसन्ध्याको आसरमा शुक्रबार आयोजक समितीले पत्रकार सम्मेलनको आयोजना गरि उक्त महायज्ञको बारेमा जानकारी दिइएको छ । भक्तपुर चागुनारायण,ताथली धार्मिक तथा साँस्कृतिक महामोत्सव एंव ऐतिहासिक श्रीमदभागवत पितृ मुक्ति विराट ज्ञान महायज्ञ –२०८० नाम दिइएको उक्त महायज्ञको करिब ७० प्रतिशत तयारी सम्पन्न भैसकेको छोरीको घर जेष्ठ नागरिक आश्रमका प्रमुख वालयोगेश्वर विजयमूर्ति महाराज श्री ले पत्रकार सम्मेलनको क्रममा जानकारी दिएका छन ।

 

विजयमूर्ति महाराजका अनुसार जेष्ठ नागरिकको विशाल आश्रम निर्माणको लागी जमिन खरिद संगै वृहत आध्यामिक केन्द्र,प्राकृतिक चिकित्सालय,योग तथा ध्यान केन्द्र,धर्मशाला संत्संग भवन,पुस्तकालय,संन्त निवास,जेष्ठ नागरिक दिवा तथा रात्रि सेवा केन्द्र,प्रवचन हल,गौशाला,अन्न क्षेत्र तथा निःशुल्क एम्बुलेन्स सञ्चालन गर्ने योजना रहेको छ ।

press 2

 

त्यस्तै पत्रकार सम्मेलनमा , महायज्ञका प्रमुख विजयमूर्ति महाराजले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका ख्याती प्राप्त सन्त माहात्मा ,विद्धान विदुषि प्रसिद्ध कथा व्यासज्युहरुको मुखारबिन्दुबाट कथा वाचनको कार्यक्रम रहेको जानकारी दिएका छन ।

पत्रकार सम्मेलनमा विजयमुतिृ महराजले भने– “यस्ता महोत्सवले शुख शान्ति,भक्ति र मनोरञ्जन एकैसाथ दिन्छ नै,तर हाम्रो उदेश्य वेसहारा  जेष्ठ नागरिकको संरक्षक बन्ने मात्र नभई देशैभर त्यस प्रकारका जेष्ठ नागरिक कोहि पनि नरहुन र कोहि भएमा हामी संरक्षण बन्न सकौ भन्ने उद्देश्यका साथ गर्न लागिएको यो महान अभियान हो ।”

 

tayri 2

 

त्यस्तै महायज्ञको पूर्व सन्धयामा सनिवार भोली मोटरसाइक ¥यालीको कार्यक्रम र असोज ११ गते बिहान बृहत कलश यात्रासंगै दिउसो उद्घाटनको कार्यक्रम रहेको छ ।

गत असार १८ गते उदघाटन भएको छोरीको घर जेष्ठ नागरिक आश्रममा हाल देशका विभिन्न स्थानका केहि जेष्ठ नागरिकहरुले आश्रय लिइरहेका छन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस