मुख्य समाचार

बानेश्वरको सडकमै सुते शिक्षकहरू

te12

एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
आश्विन–८, सोमबार ।

राहत शिक्षक र पेन्सन वञ्चित शिक्षकले सोमबार आन्दोलनलाई जारी राख्दै बानेश्वरको सडकमा सुतेर प्रदर्शन गरेका छन् । उनीहरूले संसद्‍मा प्रस्तुत भएको शिक्षा विधेयक र सरकारसँग गरिएको नेपाल शिक्षक महासंघ र सरकारबिच भएको सम्झौताको विरोध गरेका हुन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिले असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबिच भएको सम्झौताले आम शिक्षक कर्मचारीको मानमर्दन भएको र सो सम्झौताको विरुद्ध भण्डाफोर गर्दै सम्पूर्ण राहत शिक्षकको स्थायी व्यवस्थापनका लागि आन्दोलन जारी राख्ने बताएको छ ।

त्यस्तै पेन्सन वञ्चित शिक्षक केन्द्रीय संघर्ष समितिले पनि सम्पूर्ण शिक्षक कर्मचारीको माग र मुद्दालाई सरकारले सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस