
अनुज पछाई,भक्तपुर ।
आश्विन ११,विहिबार ।
भक्तपुरमा विहिबार (आज) विशाल कलश यात्रा सम्पन्न भएको छ । जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा सञ्चालित विराट ज्ञान महायज्ञको पूर्वसन्ध्यामा आयोजना गरिएको कलश यात्रामा बिशाल जनसागरको सहभागीता रहेको थियो ।
जिल्ला तथा छिमेकी जिल्लाबाट करिब १ हजार बढी ब्यक्तिहरुको सहभागीतामा विशाल कलशयात्रा सम्पन्न भएको हो । बिहान करिब ८ बजे छोरीको घर जेष्ठ नागरिक आश्रमको कार्यक्रम स्थलबाट सुरु भएको यात्रा पुनः आश्रममा नै आएर सम्पन्न भएको थियो ।
भक्तपुर,चाँगुनारायण,ताथली धार्मिक तथा सास्कृतिक महामहोत्सव एंव ऐेतिहासिक श्रीमदभागवत विराट पितृ मुक्ति महायज्ञ नाम दिइएको उक्त महायज्ञ आगामी २७ गते सम्म सञ्चालन हुने छ ।
ताथलीमा रहेको छोरीको घर जेष्ठ नागरिक आश्रमको लागी जग्गा खरिद गरि भवन निर्माणको लागी महायज्ञ आयोजना गरिएको आयोजकले जनाएको छ ।