
एनएमबि न्युज डेक्स भक्तपुर ।
आश्विन ११ बिहिबार ।
राज्यले गर्नुपर्ने कार्य वालयोगेश्वर श्री विजयमूर्ती महाराज जी ले सुरु गर्नुभएकोमा निकै खुशि लागेको भक्तपुर क्षेत्र नं. २ का सांसद दुर्लभ थापाले बताएका छन । विहिबार महायज्ञको समुदघाटन कार्यक्रलाई सम्बोधन गर्दै सांसद थापाले उक्त कुरा बताएका हुन ।
समृद्ध देशमा बाल आश्रम बृद्धा आश्रम बनाउने र संरक्षण गर्ने कार्य सरकार स्वयमले गरेतापनि हाम्रो देशमा यस्तो सम्भव छैन । किनकी सरकार स्थिर र अर्थतन्त्र बलियो छैन । सांसद थापाले भने सरकारले गर्ने कार्य विजयमूर्ति महाराज श्रीबाट थालनी भएकोमा निकै खुसि लागेको छ ।
नेपालको संबिधानको संरक्षण पनि विजयमूर्ति महाराजले गरेको उनले बताएका छन । संबिधानमा गास,बास र कपासको सुनिश्चितको निश्चित गरेको त्यसकै सम्मान गर्नको लागी पनि आश्रम निर्माणले सहयोग गरेको सांसद थापाले उल्लेख गरेका छन ।
अहिले देश विभिन्न आन्दोलनले थिलोथिलो भैरहेको अबस्थामा समृद्ध नेपाल नबन्दासम्म पनि विजयमूर्ति जस्ता युग पुरुषको खाचो रहेको पनि सांसद थापाले बताए ।