एनएमबि न्युज डेक्स, भक्तपुर ।
आश्विन १३ सनिवार ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि सुरेन्द्रप्रसाद आचार्यले वालयोगेश्वर विजयमूर्ति महाराजले सामाजिक क्षेत्रमा गरेको पदयात्रा सरानिय रहेको बताएका छन । सनिबार भक्तपुर जिल्लाको चागुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा सञ्चालित श्रीमदभागवत विराट ज्ञान महायज्ञको सन्ध्याकालीन े महाआरतीको कार्यक्रमकमा सहभागी भएका मन्त्रि आचार्यले उक्त कुरा बताएका हुन ।
“गुरुले बालबालिका तथा जेष्ठ नागरिकको क्षेत्रमा गर्नुभएको संकल्प एकदमै सरानिय छ । मन्त्रि आचार्यले भने–मान्छे अमर हुनको लागी सामाजसंग जोडेर काम गर्नुपर्छ । उक्त कार्यक्रम गुरुले बुझ्नुभएको छ । सुरु गर्नुभएको छ ।”
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि आचार्यले गुरुले आमन्त्रण गर्दा आफुले नकार्र्नै नसक्ने पनि बताएका छन । उनले भनेका छन–“ गुरुले सुरु गरेको हरेक कार्यले मलाई थप ज्ञान र नयाँ जागर दिन्छ , म त्यसैले गुरुको विविध कार्यक्रममा आज सहित ३ पटक सहभागी भैसकेको छु ।”
फोटोः बिशाल सहनी
फोटोः बिशाल सहनी