धर्म-संस्कृति / रितिथिति

सुर्यविनायक नगरपालिकाद्धारा आश्रम निर्माणको लागि ५० लाख देखि १ करोड सम्म सहयोगको घोषणा

surya meyar

एनएमबि न्युज डेक्स,भक्तपुर ।
आश्विन १६ मंगलवार ।

भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिकाको तर्फबाट छोरीको घर जेष्ठ नागरिक आश्रम निर्माणको लागी ५० लाख देखि १ करोड सम्म सहयोग गर्ने घोषणा गरेको छ । जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा रहेको उक्त आश्रम निर्माणको लागी ५० लाख देखि १ करोड वरावरको रकम सहयोग गर्न तयार रहेको सूर्यविनायक नगरपालिकाका नगरप्रमुख वासुदेव थापाले घोषणा गरेका हुन ।

surya meyar
छोरीको घर जेष्ठ नागरिक आश्रमको लागी जग्गा खरिद गरि भवन निर्माणको लागि सहयोगार्थ ताथलीमा सञ्चालित भक्तपुर,चाँगुनारायण,तथा साँस्कृतिक महामहोत्सव एंव ऐतिहासिक श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञ २०८० मा सहभागी भएका नगरप्रमुख थापाले उक्त कुराको घोषणा गरेका हुन ।

MG 0256

नगरप्रमुख सहित उपप्रमुख सरिता तिमिल्सिनाको पनि कार्यक्रममा सहभागिता रहेको थियो । त्यस्तै कार्यक्रममा नगरप्रमुख थापाले १ लाख १ हजार १११ रुपैयाँ पनि सहयोग गरेका छन । त्यस्तै उपप्रमख तिमिल्सिनाले १५ हजार ५५५ सहयोग गरेकी छन ।

त्यस्तै नगरपालिकाको तर्फबाट वडा नं. १ का वडा अध्यक्ष सानुकाजी कायस्त,२ का प्रदिप कार्की,३ का दिपेन्द्र केसी,४ का लक्षुराम केसी,५ का राजकुमार न्यौपाने र ६ का ईश्वर खड्काको सहभागिता रहेको थियो ।

MG 0191
त्यस्तै वडा नं. ७ का रविन्द्र सापकोटा,८ का पुष्पराज बस्नेत,९ का भगवान खत्री र वडा नं. १० का शिवराम राउतको पनि सहभागीता रहेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस