मुख्य समाचार

डा. सिके रावतले भने– “भागवत कथा श्रवण गर्दा मुक्ति प्राप्त हुन्छ ।”

dr ck

एनएमबि न्युज डेक्स,भक्तपुर ।
आश्विन १७ बुधबार ।

जनमत पार्टिका केन्द्रिय अध्यक्ष डा.सिके रावतले श्रीमद्भागवतका कथा श्रवण गरेमात्र पनि जीवनमा मुक्ति प्राप्त हुने बताएका छन । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा सञ्चालन भएको श्रीमद्भागवत विराट पितृ मुक्ति महायज्ञमा मंगलबार साझ सहभागी भएका नेता रावतले उक्त कुरा बताएका हुन ।

बिशिष्ट अतिथीको रुपमा सहभागी भएका नेता रावतले भने –“श्रीमद्भागवतको कथा श्रवण गर्दा मात्र पनि मुक्ति प्राप्त हुन्छ , पुण्य प्राप्त हुन्छ । यस्तो पुण्य प्राप्ति गर्ने सु–अवसर विजयमूर्ति महाराज श्री ले तपाइकै आगनमा दिनुभएको छ भरपूर्ण प्रयोग गर्नुहोस ।”

त्यस्तै सम्बोधनको क्रममा नेता रावतले थपे –“महाराजले गर्ने यो पुण्यको कार्यमा म सधै सहभागी हुने गर्दछु ।”

dr ck 1

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस