
एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
आश्विन १७ बुधबार ।
भनिन्छ,बाहिरी आवरण जस्तो भए पनि मन सफा हुन पर्छ । मन सफा भएपछि सबै राम्रो हुन्छ । तर पछिल्लो समयमा बाहिरी आवरणमा राम्रा देखिने धेरै भेटिन्छन तर भित्री मन सफा भएका ब्यक्ति पाउन एकदमै कठिङ छ । अझ अरुको हित होस , म नि खाऊ अरुले नि खान पाउन भन्ने सोचका ब्यक्ति त विरलै भेटिने गर्छन ।
आम लोककै हित हुने काम गर्ने ब्यक्तिहरु पाउन गाह्रो हुने आजको यस समयमा भने ८४ बर्षिया एक बृद्धाले आफु सहित समग्र लोककै हित हुने खाले कार्यमा आफ्नो हात अगाडी बडाएकी छन ।
भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ९ खड्काटोल निवासी उनै हित कुमारी खड्काले नाम जस्तै आम लोकको हित हुने कार्यमा सहयोग गर्ने उत्कृष्ट निणर्य गरेकि छन ।
जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा सञ्चालन रहेको छोरीको घर ज्येष्ठ नागरिक आश्रमको सहयोगार्थ आयोजित महायज्ञमा ज्येष्ठ नागरिक आश्रम निर्माण संगै निःशुल्क एम्बुलेन्स सञ्चालन गर्ने अर्काे महत्वपूर्ण उद्देश्य रहेको उनै हितकुमारीले सुनिन ।
गाउँघरमा एम्बुलेन्स नभएकाले बेलाबेलामा बिरामीले पाएको दुखबारेमा धेरै नजिकैबाट अध्ययन गरिरहेकी हितकुमारीलाई एम्बुलेन्स सञ्चालन गर्ने चाहाना पनि बडेर आयो ।
तीन दाजुभाई सहित संयुक्त परिवारमा बस्दै आएको उक्त परिवारले समाजमा यस अघि पनि सामाजिक सेवाका क्षेत्रका धेरै हात अगाडी बडाउने कार्य गर्र्दै आएको थियो । तीन छोराहरुलाई संगै राखेर उनै हितकुमारीले आश्रमबाट सञ्चालन हुन निःशुल्क एम्बुलेन्स खरिदको लागि परिवारको सहयोग गर्ने प्रस्ताव राखिन । समयसमयमा साामाजिक क्षेत्रमा हात अगाडी बडाउदै आएको उक्त परिवारलाई त्यस बिषयको बारेमा अलमल पर्ने त कुनै कुरा भएन । त्यसपछि आमाको प्रस्तावलाई छोराहरुले पनि सहर्स सुइकारे ।
तीन दाजुभाई श्रीकण्ठ खड्का,जनार्दन खड्का र पवन खड्काको संयुक्त रुपमा सहयोग गर्ने निर्णय पनि गरे । त्यस प्रस्तावलाई स–परिवारले पनि सुइकारेपछि एम्बुलेन्स खरिदको लागी रु १० लाख सहयोग गर्ने निर्णय गरे । त्यतिले मात्र नभएर आश्रम निर्माणको लागि पनि रु १ लाख ११ हजार १ सय ११ पनि सहयोग गर्ने निर्णय गरे ।
३ छोरा र २ छोरीलाई जन्म दिएकी उनै हितकुमारीको परिवार अहिले समाजमा संयुक्त परिवारको अर्काे उत्कृष्ट उदाहरण पनि बनेका छन ।
छोरीहरु गंगा थापा,कल्पना बानियाँ र शारदा खड्का हुन भने । ६ जना नाति नातिना रहेका छन । श्रीजन खड्का,सोहन खड्का (हाल अष्टेलिया) ,सिमरन खड्का,आस्मिन खड्का,जोनिश खड्का र प्रभाष खड्का उनका नातिनातिना हुन ।
हितकुमारीको यो हितपूर्ण निर्णय साचिकै प्रशंसायोग्य रहेको छ ।
यता ज्येष्ठ नागरिक आश्रमका अध्यक्ष वालयोगेश्वर विजयमूर्ति महाराज श्रीले एम्बुलेन्स खरिद गरि चालक खर्च र तेल खर्च आश्रमले नै ब्यहोर्ने जानकारी दिएका छन । त्यस्तै निःशुल्क रुपमा सञ्चालन हुने उक्त एम्बुलेन्सले भक्तुर जिल्लाबासीहरुको लागि निःशुल्क सेवा प्रदान गर्ने पनि उनको भनाई रहेको छ । छोरीको घर जेष्ठ नागरिक आश्रमको लागि जमिन खरिद गरि भवन निर्माणको सहयोगार्थ गत आश्विन ११ गते देखि निरन्तर महायज्ञ सञ्चालन भैरहेको छ । उक्त महायज्ञ आगामी २७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।