बागमती प्रदेश

प्रदेशसभाबाट छोरीको घर आश्रम निर्माणको लागि २० लाख विनियोजन गर्छुः सांसद श्रेष्ठ

stha 1 1

अनुज पछाई,भक्तपुर ।
आश्विन २० सनिवार ।

बाग्मति प्रदेशका प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले छोरीको घर जेष्ठ नागरिक आश्रम निर्माणको लागि करिब २० लाख सहयोग गर्ने घोषणा गरेका छन । सनिवार भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं.९ को ताथलीमा सञ्चालन भएको श्रीमदभागवत पितृ मुक्ति ज्ञान महायज्ञ २०८० मा सहभागी भएका सांसद श्रेष्ठले उक्त कुराको घोषणा गरेका हुन ।

stha
बिशिष्ट अतिथीको रुपमा सहभागी भएका सांसद श्रेष्ठले भने– “हाम्ले गर्नुपर्ने कार्य विजयमूर्ति महाराजले एक्लै अगाडी बडेर गर्नुभयो । यस्तो पुण्यको कार्यमा म सधै साथमा रहने छु । आगामि आर्थिक बर्ष २०८१–८२ मा प्रदेश सभाबाट २० लाख छोरीको घर जेष्ठ नागरिक आश्रम निर्माणको लागि विनियोजन गर्ने छु । ढुक्क हुनुहोस ।”

त्यस्तै सांसद श्रेष्ठले थपे –“बाबा आमाको सेवा गर्नु मेरो पनि अधिकार हो । मेरो साथ सधै रहने छ । आश्रम निर्माण गर्न अहोरात्र लाग्ने छु । ”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस