धर्म-संस्कृति / रितिथिति

खुमनले नचाए महायज्ञका भक्तजनलाई

khuman 1

एनएमबि न्युज डेक्स, भक्तपुर ।
आश्विन २१ सनिवार ।

नेपाली लोक गायक खुमन अधिकारीले आफ्ना विभिन्न भजनबाट भक्तजनहरुलाई रमाइलो प्रदान गरेका छन । आइतबार भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा सञ्चालन भएको महायज्ञमा सहभागि भएका गायक अधिकारीले आफ्ना विविध भजन गीतहरु प्रस्तुत गरेका थिए ।

khuman 1 1

नेपाली लोक संगितको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका गायक अधिकारीले लोक गित संगै थुप्रै भजनहरुमा पनि स्वर दिएका छन । महायज्ञमा राष्ट्रिय स्तरका भक्ति संगितका कलाकारद्धारा नियमित रुपमा पनि भक्ति संगित,झाकिहरु प्रस्तुत हुने गरेका छन ।

त्यस्तै विश्व बिख्यात कथा वाचक वालयोगेश्वर विजयमूर्ति महाराज,कथा वाचिका गरिमा उपाध्याय र उमा महेश्वरीको मुखारविन्दुबाट भागवतका कथा बाचन पनि हुदै आएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस