धर्म-संस्कृति / रितिथिति

जब ३ लाख बोकेर सिङ्गो सहकारी महायज्ञमा आयो……

IMG 0375 1

अनुज पछाई,भक्तपुर ।
आश्विन २४ बुधबार ।

मंगलबार दिउँसो भक्तपुर जिल्लाको ताथलीमा रहेको एक सहकारी संस्थाका ३ सय बढी पधादिकारी लामबद्ध रुपमा बाटोमा हिडिरहेको थिए । झ्वाट्ट हेर्दा सहकारीको साधारण सभा वा अन्य कुनै महिला संग सम्बन्धित दिवशहरु मनाउनको लागि सहकारीका पदाधिकारी बाहिर आएका होलान भन्ने आशंका गर्न सकिन्थ्यो । तर उक्त सहकारी संस्थाको नत कुनै साधारण सभा नै थियो नत कुनै बिशेष दिवश नै ।

IMG 0375
चाँगुनारायण नगरपालिका वडा नं. ९ मा रहेको नालाछाप प्रगतिशिल महिला बचत तथा ऋण सहकारी संस्थाका सम्पूर्ण पधादिकारीहरुलाई रातो साडिमा सजिएर हिडनुको एक मात्र उद्देश्य थियो पूण्य कार्यमा सहभागि हुनु ।
ताथलिमा सञ्चालन भएको श्रीमदभागवत महायज्ञमा सम्पूर्ण सदस्यहरु मिलेर जेष्ठ नागरिक आश्रम सहयोगार्थ आयोजित उक्त महायज्ञमा सहयोग गर्नको लागि आएको ताति रहेको थियो उक्त सहकारी सस्थाका तीन सय सदस्यहरुको ।

ताथलीकै सबैभन्दा धेरै सदस्य संख्या रहेको उक्त सहकारीले छोरीको घर जेष्ठ नागरिक आश्रमको सहयोगार्थ भनेर ३ लाख २४ हजार रुपैयाँ पनि सहयोग गरेको छ । समूहका सम्पूर्ण सदस्यले संयुक्त रुपमा रकम जम्मा गरेर महायज्ञमा सहयोग गरेको सहकारीले जनाएको छ ।

IMG 0376

अहिले पछिल्लो समयमा उक्त महायज्ञमा जिल्ला तथा जिल्ला बाहिरका धेरै सहकारी संस्था तथा आमा समूहबाट महायज्ञमा सहभागि हुने तथा सहयोग गर्नेको संख्या बड्दै गएको छ । दैनिक करिब १०–१५ सहकारी तथा आमा समूहको महायज्ञमा सहभागि हुने गरेको आयोजक समितिले जानकारी दिएको छ ।अहिले दैनिक ५ हजार भन्दा बढी भक्तजनहरुको सहभागीता रहने गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस