
अनुज पछाई , भक्तपुर ।
आश्विन २४ बुधबार ।
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ को ताथलीमा बन्ने भनिएको छोरीको घर जेष्ठ नागरिक आश्रमले पूर्णता प्राप्त नगरेसम्म प्रदेशले गर्ने सहयोगमा पूर्णबिराम नलाग्ने बाग्मति प्रदेश सभा सदस्य धनेश्वरी प्रजापतिले बताएकी छन ।
बुधबार ताथलीमा सञ्चालन भएको श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञमा सहभागी भएकी सांसद प्रजापतिले उक्त कुरा बताएकी हुन ।
“प्रदेश सरकार सकारात्मक कार्यको लागि सधै सकारात्मक छ ।” सांसद प्रजापतिले भनिन– “छोरीको घर जेष्ठ नागरिक आश्रमले पूर्णता नपाउदा सम्म प्रदेशबाट हुने सहयोगमा पनि पूर्णबिराम लाग्दैन । सधै सहयोगको लागि हाम्रो आवाज पुगिरहने छ ।”
प्रतिक्रिया दिनुहोस