
अनुज पछाई,भक्तपुर ।
आश्विन २४ बुधबार ।
भक्तपुरमा सञ्चालन भएको श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञमा दान सहयोग गर्ने दानविरदातको संख्या उकालो लाग्दै छ । जिल्लाको चाँगुनारायण नगरपालिका तथा अन्य पालिकाबाट र छिमेकि जिल्लाबाट पनि दान गर्ने दानविरदाताहरुको बढ्दै गएका छन ।
जिल्लामा रहेका सहकारी सस्थाका सदस्यहरु सामुदायिक तथा संस्थागत बिद्यालयका बिद्यार्थीहरुको पनि सहभागिता बाक् िलदै गएको छ ।
दानविर दाता वडदै जादा जर्मनबाट पनि दान सहयोग प्राप्त भएको छ । बुधबार जर्मनको फ्रान्कफुर्ट निवासी नेपाली निर्मला गुरुङ्गको परिवारले महायज्ञमा सहभागि भएर आर्थिक दान रकम सहयोग गरेका हुन । उक्त परिवारले १ लाख १ हजार १ सय ५१ रुपैया आर्थिक सहयोग प्रदान गरेको आयोजकले जानकारी दिएको छ ।
छोरीको घर जेष्ठ नागरिक आश्रमको जग्गा खरिद गरि भवन निर्माणको लागि भनेर नेपाल आएको बेलामा केहि रकम दान गरेको गुरुङ्गले बताएकी छन ।