अनुज पछाई, भक्तपुर ।
आश्विन २५ बिहिबार ।
भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलिमा बन्न लागेको छोरीको घर ज्येष्ठ नागरिक आश्रमको लागि नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले आर्थिक दान सहयोग गरेको छ । बिहिबार पार्टी जिल्ला अध्यक्ष सहित अन्य पार्टी कार्यकर्ताहरु आश्रम निर्माणको लागि आयोजित महायज्ञमा सहभागी भएर आर्थिक सहयोग गरेको आयोजक समितिले जानकारी दिएको छ ।
पार्टी जिल्ला अध्यक्ष वचन देउजा,नेकपा एमाले वागमति प्रदेश कमिटी सदस्य दिपक बिशुङके,नेकपा एमाले जिल्ला कमिटी सदस्य कृष्ण प्रसाद न्यौपाने,नगरकमिटी अध्यक्ष राम प्रसाद तिमिल्सिना लगायतको सहभागिता समग्र जिल्ला कमिटीको तर्फबाट रु १ लाख १ हजार १११ आर्थिक दान गरेको छोरीको घर जेष्ठ नागरिक आश्रमका अध्यक्ष तथा महायज्ञमा संकल्पकर्ता विजयमूर्ति महाराज श्रीले जानकारी दिएका छन ।
त्यस्तै छोरीको घर निर्माणको लागि पार्टीको तर्फबाट सक्दो सहयोग गर्ने पनि पार्टी जिल्ला अध्यक्ष देउजाले सम्बोधनको क्रममा बताएका छन । त्यस्तै अध्यक्ष देउजाले समाजमा अहिले बिकृति विसंगति बडदै गएको भन्दै बिकृति अन्त्य गरि अनुशासनको बाटोमा हिडाउनको लागि पनि धर्मको बाटो हिडाउन जरुरी रहेको बताएका छन ।