अनुज पछाई,भक्तपुर ।
आश्विन २८ आइतवार ।
भक्तपुर जिल्लाको ताथलीमा सञ्चालन भएको १७ दिने महायज्ञ सम्पन्न भएको छ । गत आश्विन ११ गतेदेखि सञ्चालन भएको श्रीमदभागवत पितृ मुक्ति ज्ञान महायज्ञ शनिवार (आश्विन २७ गते) सम्पन्न भएको हो ।
महायज्ञ समग्ररुपमा आफुले सोचेजस्तै भव्य र सभ्य रुपमा सम्पन्न भएको आयोजकले जनाएको छ । छोरीको घर जेष्ठ नागरिक आश्रमको फेसबुक पेजमा एक पोष्ट गर्दै आयोजकले महायज्ञ भब्य र सभ्य रुपमा सम्पन्न भएको उल्लेख गरेको छ ।
त्यस्तै महायज्ञका सङकल्पकर्ता वालयोगेश्वर श्री विजयमूर्ति महाराज जीले महायज्ञ सम्पन्न गर्नको लागि सहयोग गर्ने स्थानिय सरकार, स्थानिय छिमेकी तथा निमन्त्रणा सुइकार गरि कार्यक्रमको गरिमा बढाउन सहभागि भएका राजनेता लगायत बिभिन्न संघ सस्थाका प्रतिनिधि प्रति धन्यवाद पनि ज्ञापन गरेका छन ।
त्यस्तै महाराज श्री ले खास महायज्ञ अब सुरु हुने बताउनुभएको छ । “महायज्ञ सञ्चालन गर्नुको मुख्य उद्देश्य नै छोरीको घर जेष्ठ नागरिक निर्माण गर्नु हो । सबैको साथ पाएका छौ । आश्रम निश्चित बन्छ ।” महाराज श्रीले एनएमबि न्युजसंग भन्नुभएको छ–“ हाम्रो ठूलो महायज्ञ आश्रम निर्माणको बेला सुरु हुन्छ । आश्रम निर्माण नहुदासम्म हामिहरुले आयोजना गरेको महायज्ञको अर्थ हुदैन ।”
त्यस्तै महायज्ञको आयव्यको सम्पूर्ण विवरण केहिदिनमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारीमा रहेको पनि आयोजकले जनाएको छ ।