जीवनशैली

झारफुक गर्ने झाँक्रीद्धारा महिला बलात्कृत

Rape.

एनएमबि न्युज डेक्स, काठमाण्डौ ।
कार्तिक १२, आइतबार ।

महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनुषामा एक झाँक्रीलाई नियन्त्रणमा लिएको छ। बिरामी महिलालाई झारफुक गरी निको पार्ने भन्दै मसानघाट पुर्‍याएर बलात्कार गरेको आरोपमा प्रहरीले सबैला नगरपालिका वडा नम्बर ११ का ३२ वर्षीय विष्णुदेव ठाकुरलाई पक्राउ गरेको हो।

गत कात्तिक ५ गते अष्टमीको राति ती महिलालाई झाँक्री ठाकुरले मसानघाटमा लगेका थिए। भूतप्रेत लागेकोले महिला बारम्बार बिरामी भइरहेको भन्दै झारफुक र तन्त्रमन्त्रका लागि झाँक्री ठाकुरले महिला र उनका श्रीमानलाई मसानघाट लगेका थिए।

मसानघाटमा तन्त्रमन्त्र गरेपछि बिरामी निको पारिदिने दाबी ठाकुरको थियो। ठाकुरविरुद्ध जवरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको उनले बताए।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस