देश

प्रधानमन्त्री र महासचिव गुटेरेसबीच भेटवार्ता

prachanda gootres w9D1CyzUJP jgKL0yjOy8 1

एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
कार्तिक–१२ आइतवार ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसङ्घका महासचिव आन्तोनिओ गुतेरसबीच भेटवार्ता भएको छ।
महासचिव गुतेरस र प्रधानमन्त्री प्रचण्डबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो। उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेलगत्तै गुतेरसले प्रधानमन्त्री प्रचण्डलाई भेटेका छन्।

चारदिने औपचारिक भ्रमणका लागि गुतेरस शनिवार राति काठमाडौँ आइपुगेका थिए। उनले आजै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम छ। महासचिव गुतेरसले आजै राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्नेछन्।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस