खेलकुद

सिंगापुरले नेपाललाई दियो १ सय ४६ रनको लक्ष्य

Nepali Cricket ZcHeTEGZlh

एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
कार्तिक १३,सोमबार ।

आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप एसिया छनोटको पहिलो खेलमा सिंगापुरले नेपाललाई १४६ रनको विजयी लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो। पहिलो ओभरको दोस्रो बलमै कप्तान अरत्रा दत्तलाई गुमाएको सिंगापुरले आक्रामक सुरुवात गरेको थियो।

ओपनर रोहन रंगराजनले ३० बलमा ९ चौका र १ छक्काको मद्दतमा ४६ रन जोडे पनि अन्य ब्याट्सम्यानले भने राम्रो खेल्न सकेनन्। सिंगापुरका आर्यविर चौधरीले ३७ रन बनाए भने मनप्रित सिंहले २४ रनको योगदान गरे।

नेपालका लागि अविनाश बोहराले ३ तथा करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान २–२ विकेट लिए।अर्को खेलमा बहराइनले यूएईलाई १३६ रनको लक्ष्य दिएको छ। मुलपानी मैदानमा जारी खेलमा टस हारेको बहराइनले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनायो। घरेलु मैदानको फाइदा उठाउँदै सन् २०१४ पछि विश्वकप खेल्ने लक्ष्यमा रहेको नेपाल सिंगापुरलाई हराउँदै सुखद सुरुआत गर्न चाहन्छ ।

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस