एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
कार्तिक १३ । मंगलबार ।
नेपालले आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको दोस्रो खेलमा आज मलेसियासँग खेल्दैछ। खेल दिउँसो सवा १ बजे टीयू क्रिकेट मैदामा हुनेछ।
नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ। नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो। मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो। प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरी घाइते भएपछि नेपाललाई प्लेइङ ११ मा सन्तुलन मिलाउन नै कठिन देखिएको छ।
प्रतिक्रिया दिनुहोस