एनएमबि न्युज,काठमाण्डौ ।
कार्तिक–१४ मंगलबार ।
झापामा एम्बुलेन्सको ठक्करबाट एक जेष्ठ नागरिक महिलाको मृत्यु भएको छ । जिल्लाको बिर्तामोड नगरपालिका–१ अदुवापुलस्थित पूर्वपश्चिम लोकमार्गमा एम्बुलेन्सको ठक्करबाट सोहि नगरपालिका वडा नं. ४ निवासी ६९ वर्षीया सिता साह कल्वारको मृत्यु भएको हो । उनि सोमबार साझ पैदल यात्राको क्रममा रहेको बेला एम्बुलेन्सले ठक्कर दिएको थियो।
एम्बुलेन्सको ठक्करबाट गम्भिर घाइते भएकी उनको उपचारको क्रममा प्रादेशीक अस्पताल भद्रपुरमा मृत्यु भएको थियो।
एम्बुलेन्स र एम्बुलेन्स चालक इलामको माईजोगमाई नगरपालिका–३ का ३६ वर्षीय सुजन प्रधानलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस