
एनएमबि न्युज डेक्स,काठमाडौं
कात्तिक १४ ,मंगलबार
हिजो बाल एकता माविको संचालक तथा प्रिन्सिपल सर्राफमाथि सोमवार दिउँसो गोली प्रहार गरि हत्या गरीए पछि आज राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेशनल प्याब्सनं मधेश प्रदेशले प्रिन्सिपल रुपेश सर्राफको हत्याविरुद्व विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।
नेशनल प्याब्सनका प्रदेश अध्यक्ष डा। नन्दन यादव र सचिव जितेन्द्र प्रसाद यादवले विज्ञप्ती जारी गरेर सर्राफको हत्याप्रति कडा निन्दा र भर्त्सना गर्दै हत्या
को विरोधमा आज नेशनल प्याब्सन अन्तर्गत प्रदेशभरका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको विज्ञप्तीमा उल्लेख गरीएको छ ।
विद्यालय जस्तो पवित्र संस्थाको संचालकको दिनदहाडै हत्या भएको घटनाले शिक्षक, विद्यार्थी, अभिभावक लगायत कुनै पनि नागरिक सुरक्षित नरहेको र प्रहरी प्रशासन निरीह रहेको प्रमाणित भएको नेशनल प्याब्सन मधेश प्रदेशले ठहर गरेको छ ।
प्रिन्सिपल सर्राफको निर्मम हत्याले मधेश प्रदेशका सम्पूर्ण शिक्षा क्षेत्र नै शोकाकुल बनेको छ । हत्यामा संलग्न दोषीलाई यथाशिघ्र पक्राउ पीडित परिवारलाई न्याय दिन सम्बन्धित निकायसंग नेशनल प्याब्सनले माग समेत गरेको छ । न्याय दिलाउन ढिलासुस्ती भए चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न चेतावनी समेत दिएको छ ।
दुई मोटरसाइकलमा आएका चार जनाको समूहले प्रिन्सिपल सर्राफमाथि गोली चलाएका थिए । स्थानीयका अनुसार सर्राफ सडकमै ढलेपछि उनीहरु भारततर्फ भागेका छन ।
बारा प्रहरीले घटनामा संलग्न एक महिलासहित तीन जनालाई पक्राउ गरिसकेको दावी गरेको छ । पहिचान गोप्य राखिएको उनीहरुलाई सिसिटिभी फुटेजमा देखिएको शंकास्पद गतिविधिको आधारमा पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीको भनाई रहेको छ ।