मुख्य समाचार

काठमाडौं उपत्यकामा ट्राफिक कारबाही तीव्र, एकैदिन मा १५ सय परे कारबाहीमा

c

एनएमबि न्युज,काठमाण्डौ

कार्तिक–१४ मंगलबार

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन गर्नेविरुद्ध कारबाही अभियान लाइ तीव्र बनाएको छ ।नियम उल्लंघन गर्दा सवारीसाधन दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यसलाई रोक्न प्रहरीले काठमाडौं उपत्यकाको तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा विशेष प्रहरी टोली नै परिचालन गरी कारबाही तीव्र पारेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार कारबाही अभियानका क्रममा पछिल्लो २४ घण्टामा मात्रै एक हजार पाँच सय २७ जना चालकलाई कारबाही गरिएको छ ।a

उनले सोमबार बिहानदेखि आज बिहान ६ः०० बजेसम्ममा मापसे गरेर सवारी चालाउने मात्रै ७५ जना चालकलाई कारबाही गरिएको बताए । यस्तै लेन मिच्ने २१, रेडलाइट क्रस गर्ने १२, अनावश्यकरूपमा हर्ज बजाउने १७, नम्बरप्लेट नराखी सवारी चलाउने १५ र तीव्रगतिमा गाडी चलाउने तीन सय २१ जना चालक कारबाहीमा परेका छन् ।

b

प्रवक्ता भट्टका अनुसार अन्य विभिन्न प्रकृतिका ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ६६ जनासहित पछिल्लो २४ घण्टामा एक हजार पाँच सय २७ जना चालकलाई कारबाही गरेको जानकारी दिए । प्रहरीले यसरी नियम मिच्दा दुर्घटनाको जोखिम हुने भएकाले नियमसम्मतरूपमा सवारीसाधन सञ्चालन गर्न पनि अनुरोध गरेको छ ।

 

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस