खेलकुद

मलेसियाविरूद्ध नेपालले बलिङ गर्दै

Nepal vs malasaya yGMXRAtYjY R983WbEAh9

एनएमबि न्युज डेक्स, काठमाण्डौ ।
कार्तिक १४,मंगलबार ।

आइसिसी टी–२० विश्वकप छनोटमा नेपालले आज दोस्रो खेल मलेसियासँग खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेलमा टस जितेको मलेसियाले ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्दैछ। नेपाली टिममा कुनै परिवर्तन गरिएको छ।

समूह एु मा रहेको नेपालले सोमबार भएको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो।नेपालले आजको खेल जिते नेपाल सेमिफाइनल पुग्नेछ। नेपालसँगै ओमान पनि समूहबाट अन्तिम चारमा पुग्नेछ।समूह चरणको आफ्नो अन्तिम खेल नेपालले ओमानसँग पर्सी खेल्नेछ। नेपाललाई विश्वकप एसिया छनोटको उपाधि दाबेदारका रूपमा हेरिएको छ। प्रतियोगिताको फाइनल पुग्ने टिम अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी२० विश्वकप खेल्नेछ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस