देश

काभ्रेमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

kavre

एनएमबि न्युज डेक्स, काठमाण्डौ ।
कार्तिक १४ मंगलबार ।

काभ्रेमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो पनौती नगरपालिका–२ सिलाभन्ज्याङस्थित कुशादेवीबाट नयाँगाउँ जाँदै गरेको बा ४ ख ६७२३ नम्बरको पराल बोकेको गाडी ब्रेक फेल भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जनाएको छ।

दुर्घटना हुँदा तीन जना घाइते भएका थिए। घाइतेको उपचारको लागि सिरमेमोरियल अस्पतालमा पठाइएको थियो। अस्पताल पुर्‍याउँदा चालक कुशादेवी बस्ने ४० वर्षीय रविन आचार्य र बेथानचोक गाउँपालिका–२ बस्ने ५० वर्षीय शिवबिक्रम केसीको मृत्यु भएको हो।

बेथानचोक गाउँपालिका–२ का ४५ वर्षीय सारदा तिमल्सिनाको टाउको, घाँटी र दुबै हात–खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस