मुख्य समाचार

निमावि शिक्षक लाइसेन्सको लागि देशभरबाट एक लाख ७५ हजारले भरे फारम

TSC Teachers service commission

एनएमबि न्युज,काठमाण्डौ ।
कार्तिक–१४, मंगलबार ।

शिक्षक सेवा आयोगले सञ्चालन गर्न लागेको निम्न माध्यामिक तहको शिक्षक लाइसेन्स परीक्षाको लागि करिब दुई लाखले फारम भरेका छन् ।

शिक्षक सेवा आयोगका प्रवक्ता सुदर्शन मरहट्टाको अनुसार एक लाख ७५ हजार जनाले परीक्षा फारम भरेको जानकारी दिए ।आयोगले १८ कात्तिकमा निमावि तहको शिक्षक लाइसेन्स परीक्षा नेपालभर ६७५ परीक्षा केन्द्रमा सञ्चालन गर्ने तयारी गरेको छ ।

आयोगले लोकसेवा आयोगको परीक्षा केन्द्रसँग जुध्न गएको भन्दै सोमबार बागमती प्रदेश काठमाडौं जिल्लाका निमावि शिक्षक लाइसेन्स परीक्षा केन्द्र परिवर्तन गरेको थियो । आयोगको अनुसार परीक्षा दिउँसो एक बजे सञ्चालन हुनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस