एनएमबि न्युज डेक्स, काठमाण्डौ
कार्तिक १५, बुधबार
मोरङ प्रहरीले विराटनगरको मुख्य बजार क्षेत्रबाट विशेष सूचनाका आधारमा मङ्गलवार अपराह्न एक बालक सहित उसले अवैध रूपमा बोकी ल्याइएको २१ लाख ८७ हजार रुपैयाँ नगद सहित पक्राउ गरेको छ ।
हुन्डी कारोबारी हरु ले ती बालकलाई प्रयोग गरेर रकम ओसार पसार गर्न लगाएकोप्रहरीले अनुमान गरेको छ । विराटनगर ६ स्थित शनि मन्दिर चोकबाट १६ वर्षे बालकको साथबाट उक्त रकम बरामद गरेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार बालकले पछाडि भिर्ने कालो ब्यागमा उक्त रकम बोकेका थिए । प्रहरीले मोटरसाइकलसहित बालकलाई पक्राउ गरेको जनाएको छ । बालकको साथबाट एक हजार रुपैयाँ दरको १६८७ थान अर्थात् १६ लाख ८७ हजार रुपैयाँ र ५०० रुपैयाँ दरको एक हजार थान अर्थात् ५ लाख रुपैयाँ बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस