खेलकुद

आइसीसी २०–२० क्रिकेट विश्वकप छनोट मा ओमान संग नेपाल पराजित

hR

एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
कार्तिक–१६,बिहिबार ।

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको आजको खेलमा नेपाल ओमान संग पराजित भएको छ। १४६ रनको लक्ष्य पछ्याएको नेपाल ओमानसँग ५ रनले पराजित भएको हो।

c

टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १४५ रन बनायो। ओमानका लागि जिशान मक्सुदले सर्वाधिक ३२ रन बनाए। नसिम खुसीले २५, सकिल अहमदले २२ रन बनाए। तर, नेपालका ब्याट्सम्यानले खासै राम्रो प्रदर्शन गर्न सकेनन् र रनमा अलआउट भए।

ccccccccccccccccccccccccccccccccc

आजको खेलमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले २६ रन बनाए। त्यसबाहेकका सबैजसो ब्याट्सम्यानले २० रन पनि कटाउन सकेनन्। तर, अन्तिम ब्याट्सम्यानका रुपमा मैदान उत्रेका विवेक यादवले सर्वाधिक ३९ रन बनाएका छन ।

खेलमा जित हात पार्दै समूह विजेता बन्ने नेपालको सपना पनि टुटेको छ। आजको खेलमा पराजित भएपनि नेपाल सेमिफाइनलमा भने पुगिसकेको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस