जीवनशैली

बोक्सीको आरोप लगाउदै सिंगो परिवारमाथि नै हमला

Bokshi

एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
कार्तिक १७,शुक्रबार ।

महोत्तरीको एक दलित परिवारलाई बोक्सी भन्दै उनको सिंगो परिवारमाथि निर्घात कुटपिट भएको छ।
गौशाला नगरपालिका–११ लक्ष्मीनियाकी ६५ वर्षीया इतरियादेवी रामसहित परिवारका ७ जना सदस्यहरूमाथि आक्रमण भएको हो।

स्थानीय सन्तोष यादव, विनोद पासमान र राम केवल भनिने केवल महतो नुनियाका परिवारले बुधवार बिहान इतरियादेवी परिवारमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ। कुटपिटबाट इतरियादेवी, उनकी श्रीमान राजेन्द्र राम, छोराहरू देवेन्द्र राम र सुरेन्द्र राम तथा बुहारीहरू सम्तोलियादेवी, सुन्दरदेवी र भान्जी कृष्णी कुमारी घाइते भएका छन्। इतरियादेवीको टाउको फुट्नुका साथै बायाँ हातसमेत भाँचिएको छ। उनको शरीरभरि चोट लागेको डामैडाम छन्। सुरेन्द्रको टाउको फुटेर ६ वटा टाँका लगाउनुपरेको छ भने सम्तोलियादेवीको कम्मरमा गम्भीर चोट लागेको छ। बाँकी सदस्यलाई भने समान्य चोटपटक लागेको प्रहरीले जनाएको छ।

इतरिया र सम्तोलियाको जनकपुरस्थित सहयोगी अस्पतालमा उपचार भइरहेको छ। देवेन्द्र र सुरेन्द्रको गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने रामचन्द्र र सुन्दरदेवी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिपक गिरीले बताए।

उनका अनुसार यसअघि पनि इतरिया परिवारमाथि कुटपिट भएको थियो।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस