एनएमबि न्युज डेक्स, काठमाण्डौ ।
कार्तिक–१९, आइतबार ।
काठमाडौं आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटको फाइनल खेलमा अहिले नेपालले कालो पट्टी बाँधेर खल खेलिरहेको छ। शुक्रबार राती जाजरकोटमा गएको भुकम्पमा मृत्यु भएकाहरुको सम्झनामा नेपालले आज टियु क्रिकेट मैदानमा ओमानविरुद्धको खेलमा कालोपट्टी बाँधेर खेलेको हो।
साथै भूकम्पमा परेर ज्यान गुमाएकाहरुको शोकमा नेपाली खेलाडीहरुले मैदानमा १ मिनेट मौनधारण पनि गरेका छन् । क्यानले फाइनल खेलको टिकट बिक्रिबाट प्राप्त ५० प्रतिशत रकम भूकम्प पीडितलाई दिने पनि शनिबार घोषणा गरेको छ।
क्यानले फेसबुकमार्फत भनेको छ,‘आइसिसी टि(२० विश्वकप २०२४ को एसिया छनौट अन्तर्गगत आइतबार हुने नेपाल र ओमान बीच फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत रकम भूकम्प पीडितको सहयोगार्थ प्रदान गरिने घोषणा गर्दछौं।’