देश

भूकम्प पिडितको लागि वालयोगेश्वर विजयमूर्ति महाराजको सन्देशः “अभिभावक गुमाएका बालबालिकाको लागि हामी छौ ।”

51

अनुज पछाई,काठमाण्डौ ।
कार्तिक–१९, आइतबार ।

गत शुक्रबार राति जाजरकोटमा गएको भुकम्पले अहिले सिङगो देश नै शोकस्तब्द भएको छ । अहिलेपनि भूकम्प गएको स्थानमा तिब्र रुपमा उद्धारको कार्य जारी रहेको छ । त्यस्तै कयौ घाइतेहर्को उपचारको कार्य पनि तिब्र रुपमा अगाडी बढाइएको छ । यो समाचार तयार पार्दासम्म भूकम्पमा परी घाइते हुनेहरूको सङ्ख्या २ सय ५३ पुगेको छ । घाइतेहरूमा जाजरकोटका १ सय १२ जना, रुकुम पश्चिमका १३२ जना, जुम्लाका ५ जना तथा दैलेख र सल्यानका दुई दुई जना रहेका छन् ।

यता भूकम्पमा परी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोटका १०५ तथा रुकुम पश्चिमका ५२ जना रहेका छन् ।

अहिले भूकम्प पिडितहरुको लागि भनेर सरकार तथा अन्य निजि संघसस्था तथा अन्य देशहरुले पनि सहयोगको घोषणा गरिरहेका छन । यता आफुलाई विश्वबिख्यात कथावाचकाको रुपमा आफ्नो नाम स्थापित गर्न सफल भएका कथा वाचक वालयोगेश्वर विजयमूर्ति महाराज श्रीले पनि एउटा विशेष घोषणा गरेका छन । भूकम्प गएलगातै वालयोगेश्वर विजयमूर्ति महाराज श्रीले आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै– भुकम्पबाट अभिभावक गुमाएका बालबालिकाको लागि निःशुल्क गास,वास,कपास र शिक्षा तथा स्वास्थ्यको व्यबस्था गर्ने घोषणा गरेका छन ।

Asset 6

उनले लेखेका छन– यो समाचार जाजरकोट र पश्चिम रुकुुम पु¥याउन जतिसक्दो share गरेर फैलाई पुन्य आर्जन सँगसँगै सेवा , सहयोग र साथका लागि हात अगाडि बढाऔँ । जाजरकोट र रुकुम पश्चिममा भुकम्पबाट यदि कुनै बालबालिका माता पिता गुमाएर अभिभावक विहिन हुनुभएर विचल्लीमा परेको यहाँहरुले जानकारी पाउनुभएमा हामीलाई खबर गर्नुहुनेछ ता कि हामी गास, वास , कपास , स्वास्थ्य र शिक्षा आश्रमबाट निः शुल्क प्रदान गरी वहाँहरुको भविष्य सुनिश्चित गर्न सकौँ । त्यस्तै उनले ९८५१०७०६४६ र ९८५११४३४३९

Asset 2

वालयोगेश्वर विजयमूर्तिको संकल्पमा नै,ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. १४ मा मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टर,नेपाल सञ्चालनमा आएको छ । उक्त मामाघर अनाथालयमा अहिलेपनि ५० बढी बालबालिकाले निःशुल्क गास, वास , कपास , स्वास्थ्य र शिक्षा प्राप्त गरिरहेका छन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस