मुख्य समाचार

एटिएम मेसिन तोडफोड गर्ने भारतीय नागरिक पोखरा बाट पक्राउ

tm

एनएमबि न्युज डेक्स, काठमाण्डौ
कार्तिक २२ बुधबार

पोखरा महानगरपालिका(८ सभागृह हल अगाडि रहेको नबिल बैंकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा भारत बिहार घर भई हाल पोखरा महानगरपालिका(९ नयाँबजार बस्ने २० वर्षीय रवि ठाकुर पसीलाई गएराति प्रहरीले पक्राउ गरेको छ।

पसीले एटिएम मेसिनको पैसा निस्कने ठाउँ र बक्सको बाहिरी लकमा फलामको रड छिराई क्षति पुर्‍याएको भन्ने सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट सभागृहबाट खटिएको प्रहरीले एटिएम बुथ नजिकै भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

उनको साथबाट पेचकस १ थान, रड १ थान र कैँची १ थान बरामद भएको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस