एनएमबि न्युज डेक्स,काठमाण्डौँ
कार्तिक २३ बिहिबार
जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका एक युवकको मृत्यु भएको छ। हत्या आरोपमा पक्राउ परेर थुनामा राखिएका धनगढीका कृष्ण सेट्टीको आज मृत्यु भएको छ। बिहीबार प्रहरीले उनलाई बयानका लागि थुनाकक्षबाट बाहिर ल्याएको थियो। प्रहरीले बयान लिने क्रममा बेहोस भएका ३१ वर्षीय सेट्टीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलाली स्रोतले थुनुवाको सेती अस्पतालमा मृत्यु भएको जानकारी दिएको छ। उनी धनगढी उपमहानगरपालिका १६ बेहडाबाबा विद्यालय क्षेत्रमा लालबहादुर थापाको हत्या अभियोगमा सेट्टी पक्राउ परेका थिए।उनले सोमवार दिउँसो मदिरा चोरी गरेको भन्दै सेट्टीले थापालाई बाँसको लाठी प्रहार गरेका थिए।
प्रतिक्रिया दिनुहोस