खेलकुद समाचार

फुटबलर दिनेश राजवंशीसहित ४ जना पक्राउ

dinesh
एनएमबि न्युज डेक्स ,काठमाडौँ
कार्तिक २४ शुक्रबार ।

 

फुटबल डिफेण्डर दिनेश राजवंशी पक्राउ परेका छन् ।प्रहरी वृत्त, दरबारमार्गले राजवंशीसहित उनीसहित उनका ३ जना साथीहरूलाई बुधबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाउको छ ।राजवंशीसहित पक्राउ परेका ४ जनालाई अभद्र व्यवहारको कसुरमा अनुसन्धानका लागि ७ दिन म्याद लिइएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उपस्थित गराएर उनीहरुविरुद्ध अनुसन्धानका लागि समय लिइएको हो ।नेपालको राष्ट्रिय टिमबाट समेत खेलिसकेका दिनेश पछिल्लो समय अष्ट्रेलियामा बस्दै आएका थिए । ११ महिनाअघि अस्ट्रेलिया गएका उनले त्यहाँ पनि फुटबल खेल्दै आएका थिए ।

मंसिर ८ गतेदेखि सुरु हुने नेपाल सुपर लिग एनएसएलको दोस्रो संस्करण खेल्न उनी नेपाल आएका थिए । उनलाई पोखरा थण्डर्सले आइकनिक खेलाडीका रूपमा अनुबन्ध गरेको थियो ।

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस