देश

टिकटक प्रतिबन्धविरुद्धको रिटमा आजदेखि सुनुवाइ हुने

tiktok index getty

एनएमबि न्युज डेक्स,काठमाण्डौ
मंसिर ४ सोमबार ।

सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा सोमबार सुनुवाइ हुँदैछ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटमा आजदेखि सुनुवाइ हुन लागेको हो। टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् ।

सामाजिक सद्‌भावमा खलल पुगेको भन्दै गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्‌ बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारले टिकटक माथि लगाएको प्रतिबन्धबारे सामाजिक सञ्जालमा पक्ष र विपक्षमा बहस भइरहेको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस