जीवनशैली

चिसोले लियो जाजरकोटमा एक महिने शिशुको ज्यान

banal death omHjsukgrR

एनएमबि न्युज डेक्स,काठमाडौँ
मंसिर ५ मंगलबार

चिसोका कारण जाजरकोटमा एक महिने शिशुको ज्यान गएको छ। भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका –२ का हुकुम बहादुर पुनकी एक महिनाकी छोरी निरुताको मृत्यु भएको हो।

पूर्ववडाध्यक्ष कालीबहादुर वलिका अनुसार तीन दिन अघि बिरामी परेकी निरुतालाइ उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो।

निमोनिया भएकी उनको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिए।

चिसोले जाजरकोटमा ५० भन्दा बढी बालबालिका बिरामी परेका छन । चिसोकै कारण ११ दीर्घरोगी र वृद्धवृद्धाको ज्यान गएको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस